Online Nepal बुधबार, बैशाख १९ २०८१

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी विजयी

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी विजयी


मध्यान्तर
  • बुधबार, माघ २५ २०७९

  • काठमाडौँ । लुम्बिनी प्रदेशको राजधानी दाङको धोराहीमा बुधबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी विजयी भएका छन् ।

    उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् ।दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाएका थिए ।

    नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको थियो ।

    राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार