Online Nepal शुक्रबार, बैशाख १४ २०८१

सरकार पूरै कार्यकाल टिक्छ : प्रधानमन्त्री प्रचण्ड

सरकार पूरै कार्यकाल टिक्छ : प्रधानमन्त्री प्रचण्ड


मध्यान्तर
  • बुधबार, चैत्र १५ २०७९

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पुरै कार्यकाल टिक्ने दाबी गरेका छन् ।

    आजदेखि काठमाडौँमा सुरु न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोन गर्दै उनले यस्तो बताएका हुन् । सम्मेलनमा सम्बोधन गर्दै काठमाडौँका मेयर बालेन्द्र साहले सरकार पूरै कार्यकाल टिके स्थानीय तहलाई काम गर्न सहज हुने बताएका थिए । मेयर साहले उठाएको सवालको जफास स्वरुप प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    उनले अब सरकार स्थिर हुने बताउँदै निर्वाचनपछि लगातार एउटै सरकारले काम गरिरहेको पनि बताए ।

    काठमाडौँ महानगरपालिकाको आयोजना सुरु भएको न्यायिक सम्मेलनमा देशभरका स्थानीय तहका उपमेयर, उपाध्यक्षहरूको उपस्थिति रहेको छ ।

    राष्ट्रिय सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले डिजिटल एपको उद्घाटन गरी न्यायिक समितिको शुभारम्भ गरे ।

    डिजिटल एपमार्फत न्याय सेवा, अनलाइनमार्फत सेवा दिने उद्देश्यले एप ल्याएको जनाइएको छ । स्थानीय तहको दर्तादेखि कार्यान्वयनको तहसम्म पुर्याउने, न्याय सम्पादनको कार्य निर्देशन स्पष्ट हुनुपर्ने, कार्यसम्पादनमा एक रूपमा आउने, चुस्तता, न्याय सेवामा निष्पक्षता हुने विश्वास समेत गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार