Online Nepal आइतबार, बैशाख २३ २०८१

लक्ष्मी सन्‌राइज बैंकको २ वटा शाखा स्थानान्तरण

लक्ष्मी सन्‌राइज बैंकको २ वटा शाखा स्थानान्तरण


मध्यान्तर
  • बिहिबार, बैशाख १३ २०८१

  • काठमाडौँ । लक्ष्मी सनराइज बैंकले काठमाडौँ उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ ।

    काठमाडौँ महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न। २, बालकोटमा स्थानान्तरण गरिएको छ । त्यसैगरी, काठमाडौँ महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा अब भक्तपुर जिल्लास्थित मध्यपूर ठिमी नगरपालिकाको वडा न। ८, बोडेमा स्थानान्तरण भएको छ ।

    स्थानान्तरण गरिएका साविकका महराजगञ्ज र पेप्सिकोला शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् ।

    स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरू माझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ ।

    हाल लक्ष्मी लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३२ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार