Online Nepal शुक्रबार, बैशाख १४ २०८१

अर्थतन्त्र जोगाउन वाणिज्यदूतको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल

अर्थतन्त्र जोगाउन वाणिज्यदूतको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल


मध्यान्तर
  • बुधबार, चैत्र १५ २०७९

  • फाइल तस्बिर

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलले देशको अर्थतन्त्र जोगाउन वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

    बुधबार नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको संगठन (एचसीसीएन) का सदस्यहरुसँगको भेटघाटमा राष्ट्रपतिले अर्थतन्त्र जोगाउन वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

    राष्ट्रपति पौडेलले भने, ‘वाणिज्यदूतहरुले नेपालको अर्थतन्त्र जोगाउन ठूलो भूमिका खेल्नुभएको छ । अर्थतन्त्रलाई अझ सबल बनाउन लाग्नुपर्छ ।’

    वाणिज्यदूतहरुलाई राष्ट्रपतिले अर्थतन्त्रलाई माथि उठाउन आवश्यक पहल चाल्न सुझाव दिएका थिए । वाणिज्यदूतहरुले नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार