Online Nepal शनिबार, बैशाख २९ २०८१

एफएनसीसीआई निर्वाचन : वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ टिमको उम्मेदवारी दर्ता

एफएनसीसीआई निर्वाचन : वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ टिमको उम्मेदवारी दर्ता


मध्यान्तर
  • बुधबार, चैत्र २२ २०७९

  • काठमाडौं । यहि चैत २९ गते हुने नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले मंगलबार मनोनयन दर्ता गरेको छ।

    वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले नेपाल उद्योग बाणिज्य महासंघ, टेकु पुगेर आफ्ना समूहका सबै उम्मेदवारहरुको सामुहिक उम्मेदवारी दर्ता गरेको हो ।

    श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका हुन्।

    एसोसिएट्सतर्फ अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन्, जसमा अन्जन समूहका प्रबलजंग पाण्डे लगायतका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरे।

    यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूहका प्यानल सदस्यहरुले समेत आफ्नो मनोनयन दर्ता गरेका हुन्।

    उम्मेदवारी दर्तापछि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफुले उम्मेदवारी दिएको बताएका छन्।

    श्रेष्ठले आफ्नो टिमले सम्भावना र सहकार्यको मुल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता व्यक्त गरे।

    प्रतिक्रिया
    थप समाचार