Online Nepal शनिबार, बैशाख २९ २०८१

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : जिल्ला नगर उपाध्यक्षमा वैद्य र वस्तुगतमा ढकाल विजयी

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : जिल्ला नगर उपाध्यक्षमा वैद्य र वस्तुगतमा ढकाल विजयी


मध्यान्तर
  • बिहिबार, चैत्र ३० २०७९

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष पदमा हेमराज ढकाल र जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य  विजयी भएका छन् । वैद्य रामचन्द्र संघाइ पक्षका र ढकाल उमेशलाल श्रेष्ठ पक्षका हुन् ।

    ढकालले ६१ मत ल्याएर वियजी भएका हुन् भने वैद्यले ४३ मत ल्याएर विजयी भएका छन्  । अन्य प्रत्यासी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाएका छन् ।

    उपाध्यक्षका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ मत ल्याए । तेस्रो सुकुन्तलाल हिराचनले सात मत ल्याए ।

    प्रधान अञ्जन श्रेष्ठको प्यानलबाट र हिराचन रामचन्द्र संघाईको प्यानलबाट प्रत्यासी थिए । वरिष्ठ उपाध्यक्षका पदको मतगणना भएको छैन ।

    प्रतिक्रिया
    थप समाचार