Online Nepal शुक्रबार, बैशाख १४ २०८१

बजेटमाथि छलफल गर्न आज पनि प्रतिनिधिसभाको बैठक बस्दै

बजेटमाथि छलफल गर्न आज पनि प्रतिनिधिसभाको बैठक बस्दै


मध्यान्तर
  • आइतबार, जेष्ठ २८ २०८०

  • काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

    संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०-०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ ।

    आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आ.व २०८०-०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

    विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तवमाथि सांसद् प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार