Online Nepal सोमबार, बैशाख १७ २०८१

हिन्दी सिनेमा चलाउन दिन उच्च अदालतको आदेश

हिन्दी सिनेमा चलाउन दिन उच्च अदालतको आदेश


मध्यान्तर
  • बिहिबार, असार ७ २०८०

  • काठमाडौँ । हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।

    आज उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो। अहिलेलाई हिन्दी सिनेमाहरू चलाउन पाइने भएको
    एक अधिवक्ताले जानकारी दिए।

    मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको थियो।

    काठमाडौं महानगरका मेयर बालेन शाहले आदिपुरूषु मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए।

    विपक्षीसँग छलफल गर्नको असार १२ गते दुबै पक्षलाई बोलाएको छ।

    हलवालाहरूको छाता संगठन चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

     

    प्रतिक्रिया
    थप समाचार