Online Nepal सोमबार, बैशाख १७ २०८१

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तीन वर्षको जेल सजाय, घरबाटै पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तीन वर्षको जेल सजाय, घरबाटै पक्राउ


मध्यान्तर
  • शनिबार, साउन २० २०८०

  • काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री  इमरान खानलाई गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।

    अदालतको फैसला आए लगत्तै खानलाई खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

    इस्लामावादको जिल्ला तथा सेसन अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो ।

    पाकिस्तान निर्वाचन आयोगका एक अधिकारी अमजद परवेजले अदालतको यो सजायपछि इमरान खान पाँच वर्षसम्म निर्वाचनमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार