Online Nepal आइतबार, बैशाख २३ २०८१

झापामा बोलेरो गाडी र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

झापामा बोलेरो गाडी र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु


मध्यान्तर
  • बुधबार, बैशाख १२ २०८१

  • काठमाडौं । झापामा बोलेरो गाडी र मोटरसाइकल एक-आसपसमा ठोक्किँदा तीन जना युवकको मृत्यु भएको छ।

    आज बिहान साढे पाँच बजे पूर्वपश्चिम राजमार्गमा पर्ने शिवसताक्षी- ८ मा झिलभिलेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ च ९३२९ नम्बरको बोलेरो आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै र एक जनाको बीएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो।

    दुर्घटनापछि प्रहरीले बोलेरो चालक झापा मेचीनगर- ६ का ४५ वर्षीय ऋषिराज गिरीलाई  नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार