Online Nepal आइतबार, बैशाख २३ २०८१

नेपाल टेलिकमको लार्ज डाटा प्याकः प्रति एमबी ५ पैसा मात्रै !

नेपाल टेलिकमको लार्ज डाटा प्याकः प्रति एमबी ५ पैसा मात्रै !


मध्यान्तर
  • आइतबार, फाल्गुन १८ २०७६

  • काठमाडौं । नेपाल टेलिकमले एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता भएका ग्राहकलाई चिन्ता नलिन आग्रह गरेको छ । अब त्यस्तो चिन्ता गर्नुनपर्ने भन्दै यसको समाधानको लागि नेपाल टेलिकमले ‘लार्ज डाटा प्याक’ उपलब्ध गराइरहेको जनाएको छ । लार्ज डाटा प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समय सम्म चलाउन पाइन्छ र तुलनात्मक रुपमा निकै सस्तो पर्दछ ।

    टेलिकमले यास योजना अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिन सम्म चलाउन सकिन्छ । यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ छ । त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार रुपैयाँ छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्दछ । उल्लेखित रकम करसहित रहेको टेलिकमले जनाएको छ ।

    लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415# डायल गरेर विन्टर अफर अन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्नु पर्दछ । त्यसैगरी सिधै *1415#1*7# डायल गरेर पनि यो सेवा प्राप्त गर्न सकिन्छ । त्यसपछि आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिन्छ ।

    आफूले प्रयोग गरिरहेको मोबाइलमार्फत एसएमएस पठाएर पनि यी प्याकहरु सब्स्क्राइब गर्न सकिन्छ । यसका लागि क्रमशः DATA30GB वा DATA60GB  लेखेर १४१५ मा एसएमएस पठाउनु पर्दछ ।

    नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा दिइएको विभिन्न प्याकेज मध्ये लार्ज डाटा प्याक छनोट गरेर वा Self Care Account मा रजिष्टर गरेर पनि यी प्याकेज खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिन्छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार