Online Nepal आइतबार, बैशाख २३ २०८१

सुनको मूल्य आकाशियो, एकै दिन ११ सय बढेर तोलाको १ लाख दुइ हजार

सुनको मूल्य आकाशियो, एकै दिन ११ सय बढेर तोलाको १ लाख दुइ हजार


मध्यान्तर संवाददाता
  • बिहिबार, साउन २२ २०७७

  • काठमाडौं । सुनको मूल्या आज पनि बढेर नयाँ रेकर्ड कायम भएको छ । आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    हिजो तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ आज ११ सय रुपैयाँले बढेको हो । सुन हिजो तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो । महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंश २८ डलरले बढेको छ ।

    अन्तर्राष्ट्रिय बजारमै भाउ महँगो भएपछि नेपालमा पनि महँगो भएको छ । यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ ।

    सुनको भाउ महँगो हुँदै गएपछि कारोबार भने ठप्प भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार