Online Nepal सोमबार, बैशाख १७ २०८१

सरकारले तत्काल अनअराइभल भिसा नदिने, भदौ १६ बाट मात्रै आन्तरिक तथा बाह्य उडान हुने

सरकारले तत्काल अनअराइभल भिसा नदिने, भदौ १६ बाट मात्रै आन्तरिक तथा बाह्य उडान हुने


मध्यान्तर संवाददाता
  • शुक्रबार, साउन २३ २०७७

  • काठमाडौं । नेपाल घुम्न आउने पर्यटकहरुका लागि सरकारले जारी गर्दै आएको अनअराइभल भिसा तत्कालका लागि जारी नगर्ने भएको छ । गृह मन्त्रालय, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूको बैठकले जारी नगर्न सरकारलाई सिफारिस गरेको हो ।

    बैठकमा गृह मन्त्रालयले तत्कालका लागि नेपाल आउने पर्यटक र गैरआवासीय नेपालीलाई जारी गरिँदै आएको अनअराइभल भिसामा रोक लगाउने प्रस्ताव गरेको थियो । कोरोना भाइरसको संक्रमण बढेको भन्दै गृहले तत्कालका लागि यो प्रक्रिया रोक्न प्रस्ताव गरेको गृहका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार बैठकले तत्कालका लागि अनअराइभल भिसा जारी गर्न रोक्ने निर्णय गरेको छ । यसमा सबै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूले सहमति जनाएका छन् ।

    यसअघि सरकारले भदौ १ गतेदेखि दैनिक १२ वटा अन्तर्राष्ट्रिय उडानबाट हवाइ सेवा शुरु गर्ने तयारी गरेको थियो । तर विहिबार पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण लगायत सरोकारवाला निकायका प्रतिनिधिसँग गरेको छलफलले भदौ १६ बाट मात्र आन्तरिक तथा बाह्य उडान सेवा शुरु गर्ने गरी समन्वय गर्न पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

    प्रतिक्रिया
    थप समाचार