Online Nepal शनिबार, बैशाख २९ २०८१

बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट

बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट


मध्यान्तर
  • बुधबार, असोज ७ २०७७

  • काठमाडौं । बुधबार सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । मंगलबार तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा एकैपटक १२ सय रुपैयाँले घटेर ९४ हजार ३ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा १२ सयले नै घटेर ९३ हजार ८ सयमा आईपुगेको छ ।चाँदीको भाउ पनि आज ४० रुपैयाँले घटेर तोलामा ११ सय ९० रुपैयाँ कारोबार भईरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ८५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ४२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २० रुपैयाँ ५० पैसा कायम गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार