Online Nepal शनिबार, बैशाख २९ २०८१

यस वर्षको दशैँमा नयाँ नोट वितरण नहुने

यस वर्षको दशैँमा नयाँ नोट वितरण नहुने


मध्यान्तर
  • आइतबार, असोज २५ २०७७

  • काठमाडौँ। नेपाल राष्ट्र बैंकले यो वर्षको दशैँमा नयाँ नोट वितरण नगर्ने भएको छ। कोरोना भाइरसको जोखिम बढ्दै गइरेकाले लाइन लगाएर नयाँ नोट वितरण गर्न नसकिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिएका छन् ।

    गत वर्षहरुमा राष्ट्र बैंकले सेवाग्राहीाई दशैँको अवसरमा लाइन लगाएर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही गर्दै आएको थियो । राष्ट्र बैंक तथा बैंकले तोकेका बैंक तथा वित्तीय संस्थाहरुमा नयाँ नोट साट्नेहरुको घुइँचो लाग्र्थो। तर यसवर्ष विगतका वर्ष जस्तो सहज परिस्थिति नभएकाले सेवाग्राहीलाई लाइन लगाएर नयाँ नोट दिन सम्भव नभएको उनले बताए।

    सर्वसाधारणसँगै बैंकका कर्मचारीहरुमा पनि कोरोना देखिइरहेकाले बैंकका शाखा मार्फत पनि नयाँ नोट वितरण गर्न नसकिने उनले बताए। उनले भने, ‘अहिले कोरोना भाइरसको जोखिम सबैलाई छ। ब्ैंकका कर्मचाीहरु पनि संक्रमित भइरहेका छन्। अहिले सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्न जरुरी छ।’

    उनका अनुसार चाडपर्वका बेला बजारमा नोटको अभाव हुदैन। नयाँ नोटहरु बैंकमा स्टक रहेको तर वितरण गर्न अहिलेको समयमा जोखिम भएकाले वितरण नगर्ने सम्भावना अधिक रहेको उनले बताए।केहि दिनमा यस सम्बन्धी औपचारीक रुपमा नै सूचना आउँछ’ उनले भने, ‘नयाँ नोट वितरण नए पनि सेवाग्राहीले एटिएमबाट पैसा निकाल्दा या अन्य माध्यमबाट नयाँ तथा पूराना नोट पाउनेछन्।तर बजारमा नोटको अभाव हुदैन।’

    ग्तवर्ष दशैँका बेला राष्ट्र बैंकले करिब ६० अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको थियो ।यस्तै उनले अहिले परिस्थितिलाई मधयनजर गर्दै बैंकका ग्राहकहरुलाई अनलाइन बैंकिङ् गर्न आग्रह गरे

    प्रतिक्रिया
    थप समाचार