Online Nepal शनिबार, बैशाख २९ २०८१

सनराइज बैंकको मिस्कल सेवामार्फत विद्युत महसुल भुक्तानी सेवा सुरु

सनराइज बैंकको मिस्कल सेवामार्फत विद्युत महसुल भुक्तानी सेवा सुरु


मध्यान्तर
  • मंगलबार, असोज २७ २०७७

  • काठमाडौं ।  सनराइज बैंकले मिस्कल सेवामार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ  । यो सेवा नेपालमै पहिलोपटक हो । यस सेवाको सुरुसँगै अबदेखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्कल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् ।

    यस सेवा प्रयोग गर्नका लागि एकपटक आफ्नो विद्युत महसुलसम्बन्धी विवरण सनराइज बैंकको कुनै पनि शाखामा दर्ता भने गराउनुपर्नेछ । ग्राहकहरुको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यावयनमा आउने बैंकले जनाएको छ ।

    हालसम्म सनराइज बैंकका ग्राहकहरुले सनराइज स्मार्ट एपबाट बत्ति, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिनानै सामान्य मोबाइलबाटै मिस्कल गरेर बिजुलीको बिल तिर्न सक्ने जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार