Online Nepal सोमबार, बैशाख १७ २०८१

पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर छ : प्रधानमन्त्री

पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर छ : प्रधानमन्त्री


मध्यान्तर
  • बिहिबार, चैत्र १२ २०७७

  • काठमाडौं । पशुपन्छीजन्य उत्पादनमा मुलुक  आत्मनिर्भर भएको नेपाल सरकारले घोषणा गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेको हो। कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी सचिव डा प्रेमनारायण कंडेलका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा यस्तो घोषणा गरिएको हो । घोषणा कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्‍माकुमारी अर्यालले सरकारले थप कृषि उपजमा पनि आत्मनिभरता घोषणा गर्ने बताएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार