Online Nepal शुक्रबार, बैशाख १४ २०८१

पाकिस्तानमा भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु

पाकिस्तानमा भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु


मध्यान्तर
  • बिहिबार, असोज २१ २०७८

  • काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा बिहीबार बिहान गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन् ।

    ५.९ म्याग्निच्युड मापन गरिएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट नौ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ ।

    भूकम्पका कारण भवनहरू ढल्दा मानिसको मृत्यु भएको जनाएको छ । । भूकम्पमा परी कम्तीमा १५० जना घाइते भएका स्थानीय अधिकारीको भनाइ छ । तीमध्ये कतिपयलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार मृत्यु हुनेमा केही महिला र बालबालिका पनि छन् । एक अधिकारीका अनुसार १०० भन्दा बढी माटोका घरहरू ढलेका छन् । ठूलो संख्यामा भवनहरू क्षतिग्रस्त भएका छन् । जसका कारण सयौँ व्यक्ति घरबारविहीन भएका जनाइएको छ । उद्धारकार्य जारी छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार