Online Nepal आइतबार, बैशाख २३ २०८१

भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका मागहरुका बारेमा बेलायतसँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन

भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका मागहरुका बारेमा बेलायतसँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन


मध्यान्तर
  • बुधबार, फाल्गुन १८ २०७८

  • काठमाडौं । सरकारले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका मागहरुका बारेमा बेलायत सरकारसँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन गरेको छ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय आज बसेको मन्त्रीपरिषद बैठकले गरेको हो ।

    बेलायती सेनामा सेवा गरेका भूतपूर्व गोर्खा सैनिकहरुले आफ्नो सेवा-सुविधालाई लिएर लामो समयदेखि संघर्ष गर्दै आएका छन् ।

    यस्तै मन्त्रीपरिषदको बैठकले नेपाल सरकार र इजरायल सरकारबीच संस्कृति, शिक्षा, विज्ञान र खेलकुदको क्षेत्रमा सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । यस्तै, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समितिको सदस्यमा दुर्गाप्रसाद भट्टराई, प्रा।डा। कुसुम शाक्य, प्रज्ञा घिमिरे, बालानन्द शर्मा, शेखर गोल्छा र प्रेमप्रसाद लिम्बुलाई मनोनयन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्  ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार