Online Nepal आइतबार, बैशाख २३ २०८१

सिड्नीमा फन्टास्टिक ईभेन्न्टसको आयोजनामा मार्च १९ मा हुने भयो होली मेला २०२२

सिड्नीमा फन्टास्टिक ईभेन्न्टसको आयोजनामा मार्च १९ मा हुने भयो होली मेला २०२२


मध्यान्तर
  • बिहिबार, फाल्गुन १९ २०७८

  • अष्ट्रेलियाका बिभिन्न शहरहरूमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर लामो समयदेखी अष्ट्रेलियामा रहेका कार्यक्रम आयोजकहरूले प्रबासी नेपालीहरूलाई नेपाल र नेपाली संस्कृतिको झझल्को दिने कार्यक्रमहरूको आयोजना गर्दै आइरहेका छन ।

    यसैबीच सफल सांस्कृतिक कार्यक्रमको आयोजकको रूपमा स्थापित फन्टास्टिक ईभेन्न्टसले पनि सिड्नीमा मार्च १९ मा होली मेला २०२२ कार्यक्रमको आयोजना गर्ने भएको छ।

    सिड्नीमा कोरोनाका कारण बिगत दुई बर्षदेखी कुनै पनि कार्यक्रमको आयोजना नभैरहेको अबस्थामा मार्च १९ तारेखका दिन सिड्नीको होल्ड्रेड गार्डेन्स , मेरिल्याण्डसमा आयोजना हुन लागेको सिड्नी होली मेला २०२२ लाई संगीत, रंग र फूडको जमघटको रूपमा लिइएको छ ।

    होली मेलामा सिड्नीमा रहनु हुने नेपालीहरूलाई भरपूर मनोरन्जन दिन नेपालबाट नेपाली गीत – संगीत र नृत्यका चर्चित कलाकारहरू प्रमोद खरेल, शुसान्त खत्री, अल्मोडा राना उप्रेती र दिनेश काफ्ले लगायतका कलाकारहरूको अपूर्ब जमघट रहने बताइएको छ ।फन्टास्टीक इभेन्टसले सिड्नीमा लामो समयदेखी यस प्रकारको कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । आयोजकले कार्यक्रममा सहभागि भएर भरपूर मनोरन्जन लिन सिड्नीमा रहनु हुने नेपालीहरूलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार