Online Nepal आइतबार, बैशाख २३ २०८१

एनआरएनएमा दुई अध्यक्ष रहने गरि सहमति

एनआरएनएमा दुई अध्यक्ष रहने गरि सहमति


मध्यान्तर
  • मंगलबार, चैत्र ८ २०७८

  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा दुई अध्यक्ष रहने गरि सहमति भएको  छ । सहमतिको प्रयासस्वरुप गएराति अबेरसम्म भएको दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति गरेर विवाद टुङ्ग्याइएको हो ।

    एनआरएनएलाई जोगाउन दुवै पक्षमा छलफलमा बसेर सहमति जुटाइएको भन्दै अब शेष घले पक्षले मार्च २४ र २५ मा गर्ने भनिएको छुट्टै महाधिवेशन रोकिने बताए । यस्तै अदालतमा रहेको मुद्दा पनि फिर्ता लिएर तोकिएकै समय २४ र २५ तारिकको चुनाव र त्यसपछिको महाधिवेशन एकताको महाधिवेशनको रूपमा गरिने बताइएको छ ।

    संस्थापनले प्रतिनिधिमा छनोटमा धाँधली गरेको भन्दै कुल आचार्य पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी गरेपछि एनआरएनएमा विवाद रहँदै आएको थियो । विवादकै कारण गत अक्टोबरमा हुने भनिएको महाधिवेशन स्थगित हुँदै आएको थियो ।

    विवादले उग्र रूप लिँदै गर्दा शेष घलेको नेतृत्वमा काठमाडौँमा कुल आचार्य पक्षको छुट्टै महाधिवेशनको घोषणा गरिएको थियो । मूलतः एनआरएनएमा काँग्रेस–माओवादी र एमाले निकटका अभियन्ताबीच कित्ताकाट हुँदै आएको छ भने केही स्वार्थ समूहका कारण पनि समस्या पैदा हुँदै आएको छ ।

    सहमतिअनुसार कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने बताइएको छ । जसमा पहिलो १ वर्ष कुल आचार्यले बैठकको अध्यक्षता गर्ने र त्यसपछि बद्री केसीले गर्ने समझदारी भएको दाबी गरिएको छ । यस्तै अध्यक्षमा उम्मेदवारी दिएकी रविना थापालाई अन्य पदमा सम्मानजनक हैसियत दिने गरी सहमति भएको बताइएको छ । सहमतिबारे मंगलवार कुल आचार्य र बद्री केसीले एनआरएनएको कार्यालयमा संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।

     

     

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार