Online Nepal शनिबार, बैशाख २९ २०८१

मिस टिन कलेज र कलेज हेन्डसमको अडिसन सम्पन्न

मिस टिन कलेज र कलेज हेन्डसमको अडिसन सम्पन्न

२० जना मिस टिन र २० जना कलेज हेन्डसमको लागि छनौट


मध्यान्तर
  • शनिबार, भाद्र २ २०७५

  • काठमाडौं । सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौं वर्षको उपलक्ष्यमा पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको पहिलो अडिसन आज शनिवार सम्पन्न भएको छ । पहिलो छनौट प्रक्रियावाट काठमाडौंमा रहेर दश जोड दुईमा अध्ययनरत छात्रछात्राहरु सहभागी भएको थिए । उक्त अडिसनवाट २० जना मिस टिनको लागि र २० जना कलेज हेन्डसमको लागि छनौट गरिएको संस्थाका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए।


    सो छनौट कार्यक्रममा अफिसियल कोरीयोग्राफर रोजिन शाक्य , एयरक्राफ्ट इन्जिनियर रन्जीत जैशवाल, प्रि ब्रिटिश हेल्थ क्लवका अध्यक्ष कमल लिम्वु, सिम्रिक एयरलाइन्सकी चिफ क्याविन क्रु अस्मिता खनाल, जुम्वा प्रशिक्षक सोनाम केसी रहेका थिए । अडिसनमा छनौट भएका प्रतियोगिहरुलाई भाद्र ५ गतेवाट प्रशिक्षणमा सहभागी गराइने आयोजकले जनाएको छ ।

    कार्यक्रममा विभिन्न तालिमहरु जस्तै व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, स्टेज प्रर्फमेन्स, मिडिया सम्वन्धि जानकारी, ट्राफिक नियम सम्वन्धी जानकारी साथै सामाजिक सेवा अन्तर्गत वागमति सफाई कार्यक्रममा सहभागी गराइने, रक्तदान कार्यक्रम संचालन गर्ने तथा विभिन्न सामाजिक संघसस्थाको भ्रमण साथै अन्य विभिन्न आन्तरिक प्रतियोगीतात्मक कार्यक्रमहरु पनि समावेश गरिने छ । जसले गर्दा प्रतियोगीहरुमा ज्ञान तथा सिपको विकास हुनेमा आयोजक विश्वस्त रहेको छ ।

    प्रतियोगिताका विजेताहरुले उच्च शिक्षाको लागि छात्रवृत्ति साथैे दुवै प्रतियोगीताका विजेताले थाइल्याड भ्रमणको टिकट, मोवाइलफोन, अस्टेलिया अध्ययनको लागि छात्रावृत्ति, निशुल्क टोफल आइइएलटिएस, म्यूजिक भिडयो तथा मोडलिङमा सहभागि हुने अवसर प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया
    थप समाचार