Online Nepal शुक्रबार, बैशाख १४ २०८१

गीत गाउँदागाउँदै भारतका चर्चित गायक केकेको निधन

गीत गाउँदागाउँदै भारतका चर्चित गायक केकेको निधन


मध्यान्तर
  • बुधबार, जेष्ठ १८ २०७९

  • काठमाडौं । गीत गाउँदागाउँदै भारतका चर्चित गायक केकेको निधन भएको छ । कोलकताको एक कन्सर्टमागीत गाउँदागाउँदै हृदयघात भएका कारण उनको निधन भएको थियो ।

    मञ्चमै ढलेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरे ।

    उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका छन् । केके दुई दिनको कन्सर्टका लागि कोलकाता पुगेका थिए । उनले हिन्दीमा दुई सयभन्दा धेरै गीत गाएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार