Online Nepal आइतबार, बैशाख २३ २०८१

एनआईसी एशिया बैंकको चामत्कारिक बचत खाता योजनाअन्तर्गत खाता खोलेका ग्राहकलाई बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकको चामत्कारिक बचत खाता योजनाअन्तर्गत खाता खोलेका ग्राहकलाई बीमा रकम भुक्तानी


मध्यान्तर
  • बिहिबार, जेष्ठ १९ २०७९

  • काठमाडौं  । एनआईसी एशिया बैंकले न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत खाता खोलेका ग्राहकलाई बीमा रकम भुक्तानी गरेको छ।

    बैंकको कपिलवस्तुस्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’को खाता खोलेकी गुजराती राइदासलाई घातक रोगको बीमाबापत १० लाख बीमा रकम भुक्तानी गरेको छ।

    यस अनुसार खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमाबापतको १० लाख रकम निजको परिवारलाई भुक्तानी गरिएको हो। निजको पति भगौती प्रसाद राइदासलाई बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ।  बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका ९३८ जना भन्दा बढी ग्राहक महानुभावहरूले घातक रोग बीमाबापत १ करोड ८० लाख, दुर्घटना बीमाबापत ३ करोड र मेडिकल बीमाबापत २ करोड ६१ लाख गरी कुल ४ करोड ७१ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन्।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार