Online Nepal सोमबार, बैशाख १७ २०८१

पशु कल्याणका लागि नाटकः ‘आवाज विहिनहरुको आवाज’

पशु कल्याणका लागि नाटकः ‘आवाज विहिनहरुको आवाज’


मध्यान्तर
  • मंगलबार, चैत्र १९ २०७५

  • काठमाडौं । पशु कल्याणका लागि सार्थक अभियान भन्ने नाराका साथ परिवर्तन नेपालले ललितपुर र धादिङ जिल्लामा भएका विभिन्न ईंटा उद्योगमा ‘आवाज विहिनहरुको आवाज’ नाटक प्रर्दशन गरेको छ । मानिसको जीविका संचालनमा सहयोगी भूमिका निर्वाह गर्ने पशुहरुको कल्याणका लागि आवश्यक ध्यान पुर्‍याउन सकियोस् भन्ने अभिप्रायका साथ उक्त नाटक प्रदर्शन गरिएको हो ।

    नाटकमार्फत पशु संवेदनसिलता र उनिहरुको आवाजलाई आम जनमासनमा पुर्‍याउने र पशुकल्याणको लागि चेतना फैलाउने उदेश्यकासाथ गत फागुन ८ देखि १७ गतेसम्म नाटक प्रदर्शन गरिएको नाटकका एसोशियट निर्देशक सुरज अधिकारीले वताए ।

    नाटकले विषेशगरी ईंट्टा उद्योगमा ढुवानीको लागि प्रयोग हुने अश्व प्रजातिका गधा, खच्चर र घोडालाई स्वास्थ्योपचार, वसोवास, खानपिन र विश्रामको मानिसलाई जस्तै प्राथमिकताका साथ व्यवस्थापन गरिनुपर्ने संन्देश दिएको छ ।

    पछिल्लो समयमा पशुहरुमाथि हुने अत्याचार विरुद्ध उनिहरुको स्वतन्त्रता र कल्याणका लागि आवाज पनि उठ्दै आइरहेको छ । यसै सन्दर्भमा पशुकल्याणको लागि आवाज उठाउँदै आएको एनिमल नेपालको सहयोगमा जनचेतना अभिबृद्धि गर्न नाटक प्रदर्शन गरिएको परिवर्तन नेपालका प्रतिनिधि दिनेश रुपाखेतीले बताए ।

    बरिष्ठ लेखक/निर्देशक तथा अभिनेता मोहन निरौलाद्वारा लिखित तथा निर्देशित उक्त नाटकमा सुरज अधिकारी, मुना कार्की, सनम निरौला, राजेन्द्र रावल, साजन श्रेष्ठ र सविन कार्कीले सशक्त अभिनय गरेका थिए ।

    विभिन्न ईंटा उद्योगमा प्रदर्शन गरिएको नाटकलाई मजदुर, पशुधनी, पशु चालक र स्थानियहरुले अभिरुचिपूर्वक हेरेका थिए । एनिमल नेपालले भारबाहाक पशु र अन्य पशुहरुको हितमा स्वास्थ्य सेवा तथा विभिन्न कल्याणकारी कार्यक्रमहरु गर्दै आइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार