Online Nepal आइतबार, बैशाख २३ २०८१

सञ्जाल ट्विटर किन्नबाट पछि हट्दै एलन मस्क

सञ्जाल ट्विटर किन्नबाट पछि हट्दै एलन मस्क


मध्यान्तर
  • शनिबार, असार २५ २०७९

  • काठमाडौं । विश्वको सबैभन्दा धनाड्य एलन मस्कले सामाजिक सञ्जाल ट्विटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्ने भएका छन्।

    मर्जर सम्झौताको उल्लंघन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेका हुन्।

    मस्कले यही अप्रिलमा ट्विटर किन्ने निर्णय गरेका थिए। तर, उनको पछिल्लो घोषणाले लामो समयदेखि चलिरहेको बहसमा नयाँ ट्विस्ट लिएको छ।

    ट्विटरले स्पाम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी नदिएकाले आफू पछि हटेको उनले बताएका छन्। सम्झौता कार्यान्वयन गर्न कानुनी कारबाही गर्ने योजना रहेको ट्वीटरले जनाएको छ।

    उल्लंघनवापत मस्कले १ अर्ब ब्रेकअप शुल्क र सम्भावित मुद्दाको सामना गर्नु पर्न सक्ने प्राप्त विवरणहरुमा जनाइएको छ।

     

    प्रतिक्रिया
    थप समाचार