Online Nepal शनिबार, बैशाख २९ २०८१

प्रधानमन्त्री देउवाले गरे सबैभन्दा ठुलो बुटवल सम्मेलन केन्द्रको उद्घाटन

प्रधानमन्त्री देउवाले गरे सबैभन्दा ठुलो बुटवल सम्मेलन केन्द्रको उद्घाटन


मध्यान्तर
  • शनिबार, भाद्र ११ २०७९

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबैभन्दा ठुलो  बुटवलको रामनगर स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । शनिबार एक कार्यक्रमका बीच प्रधानमन्त्री देउवाले उक्त मण्डप उद्घाटन गरेका हुन् । बुटवल मण्डपमा निर्मित सभागल र प्रदर्शनी  स्थललाई सहरी विकास मन्त्रालयमार्फत १अर्ब ११करोड  रुपैयाँ लागतमा निर्माण भएको हो ।

    कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका उपाध्यक्ष एव पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडल, शहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायतको उपस्थिति रहेको छ।

    बुटवलदेखि पुर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ । यो सभाहल एक हजार सीट क्षमताको छ ।

    प्रतिक्रिया
    थप समाचार