Online Nepal शुक्रबार, बैशाख १४ २०८१

यस कारण घट्यो पेट्रोलियम पदार्थको खपत

यस कारण घट्यो पेट्रोलियम पदार्थको खपत


मध्यान्तर
  • सोमबार, भाद्र १३ २०७९

  • काठमाडौँ । साउन महिनामा पेट्रोलियम पदार्थको खपत घटेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार देशभर साउन महिनामा कुल ५१ हजार ६३० किलोलिटर पेट्रोलको खपत भएको हो ।

    जबकि २०७८ साउनमा कुल ५५ हजार ८०४ किलोलिटर खपत भएको थियो । समीक्षा महिनामा पेट्रोलको खपत ७ प्रतिशत घटेको हो । २०७७ साउनको तुलनामा २०७८ साउनमा १४ प्रतिशतले पेट्रोलको खपत बढेको थियो । डिजलको खपत पनि समीक्षा महिनामा २८ प्रतिशतले घट्दा मट्टितेल ६५ प्रतिशतले घटेर यो साउनमा ३९५ किलोलिटरमा खुम्चिएको छ ।

    खाना पकाउने ग्यासको खपत भने गत साउन र यो साउनमा बराबर जस्तै रहेको निगमको बिक्री वितरण विभाग प्रमुखले जानकारी दिए । उनका अनुसार साउन महिनामा सडक तथा पूर्वाधार निर्माणको काम न्यून हुँदा खपत घटेको हो ।

    बर्खाको सिजन भएकाले प्रायः साउन महिनामा खपत घट्ने गरेको तर गत वर्षको साउनसँगै तुलना गर्दा पनि खपत केही घटेको उनको भनाई छ । नेपालभन्दा भारतमा मूल्य सस्तो रहेकाले पनि खपत घटेको उनको अनुमान छ । ‘विगतमा नेपालभन्दा भारतमा पेट्रोलियम पदार्थ महँगो हुन्थ्यो, जसले गर्दा नेपालको सीमा क्षेत्रबाट भारतीय गाडीले इन्धन भरेर जाने गर्थे, तर अहिले अवस्था उल्टो भएको छ,’ उनले भने ।

    प्रतिक्रिया
    थप समाचार