Online Nepal सोमबार, बैशाख १७ २०८१

छपाइमा त्रुटि भेटिएपछि जनक शिक्षाले माफी माग्यो, बिग्रेको किताब साट्न सकिने

छपाइमा त्रुटि भेटिएपछि जनक शिक्षाले माफी माग्यो, बिग्रेको किताब साट्न सकिने


मध्यान्तर
  • मंगलबार, बैशाख १७ २०७६

  •  

    काठमाडौं । पाठ्यपुस्तक छपाइमा भएको त्रुटिप्रति जनक शिक्षा सामग्री केन्द्रले क्षमा मागेको छ । केन्द्रले मंगलबार एक सूचना जारी गर्दै सजग रहँदारहँदै पनि त्रुटि भएको भन्दै माफी मागेको हो । उसले त्रुटि हुँदाहुँदै पाठकका हातमा पुर्‍याइएको पुस्तक साट्ने फिर्ता गर्ने सुविधा पनि उपलब्ध गराउने भएको छ । विद्यालयस्तरीय पुस्तक छाप्दै आइरहेको केन्द्रले बिक्री वितरणका लागि बजारमा पठाएका विभिन्न कक्षाका पुस्तकहरुमा छपाइ त्रुटि भेटिएको थियो । गल्ती भेटिएपछि विद्यार्थीको जीवनमाथि खेलबाड गरिएको भन्दै जनक शिक्षाको चर्को आलोचना भइरहँदा उसले त्रुटि सच्याउने र बजारमा पाइएका त्रुटिपुर्ण पुस्तकलाई फिर्ता गर्ने उल्लेख गरेको छ ।

    केन्द्रले त्रुटि भएका पुस्तक फिर्ता गर्नसमेत सम्बन्धित सबैमा आग्रह गरेको छ । विद्यार्थीहरुले केन्द्रका कार्यालयहरुबाटसमेत पाठ्यपुस्तक साट्न सक्नेछन् । ‘छपाइमा कुनै त्रुटि भएको भेटिएमा नजिकमा रहेको यस केन्द्रका कार्यालयहरुबाट पाठ्यपुस्तक साट्न सकिने व्यवहोरा सम्बन्धित सबैमा अनुरोध छ’, जनक शिक्षाद्वारा जारी सूचनामा भनिएको छ ।

    जनक शिक्षाले यस वर्ष भने समयमै देशका सबै स्थानहरुमा पाठ्यपुस्तक पुर्‍याइसकेको जनाएपनि पुस्तक छपाइ त्रुटिसँगै सर्वसुलभ उपलब्धतामा झन समस्या देखिने भएको छ ।

    प्रतिक्रिया
    थप समाचार