Online Nepal सोमबार, बैशाख १७ २०८१

सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी


मध्यान्तर
  • बिहिबार, भाद्र २३ २०७९

  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

    लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो ।
    अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।

    लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।

    प्रतिक्रिया
    थप समाचार