Online Nepal बुधबार, बैशाख १९ २०८१

ताइवानमा शक्तिशाली भुकम्प, १ सय ४६ जना घाइते

ताइवानमा शक्तिशाली भुकम्प, १ सय ४६ जना घाइते


मध्यान्तर
  • सोमबार, असोज ३ २०७९

  • काठमाडौं  । ताइवानमा साँझ गएको शक्तिशाली भुकम्पमा परेर कम्तिमा १ सय ४६ जना घाइते भएका छन्। ताइवानको दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

    शनिबार साँझ पनि त्यस क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमवल ४ रेक्टर स्केलको भुकम्प गएको थियो। ताइवानको दमकल विभागका अनुसार भुकम्पमा परेर एक जनाको मृत्यु भएको छ।

    ताइवानको पर्यटकीय क्षेत्र लियुसी पर्वतीय क्षेत्रमा सडक अवरुद्ध हुँदा ६ सय जना बढी फसेका थिए। उनीहरुको शकुशल उद्दार गरिएको छ।

     

    प्रतिक्रिया
    थप समाचार