Online Nepal शुक्रबार, बैशाख १४ २०८१

साइनबोर्डको शुल्क ३० दिनभित्र बुझाउन काठमाडौं महानगरको आग्रह

साइनबोर्डको शुल्क ३० दिनभित्र बुझाउन काठमाडौं महानगरको आग्रह


मध्यान्तर
  • शुक्रबार, असोज ७ २०७९

  • फाइल तस्बिर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति वा संस्थाले आफ्नो कार्यस्थल बाहिर राखेको साइनबोर्डको शुल्क ३० दिनभित्र बुझाउन आग्रह गरेको छ।

    व्यक्ति, व्यवसाय वा संघसंस्थाको परिचय खुल्ने साइनबोर्ड कार्यस्थल बाहिर राखेको भए त्यसको शुल्क तिर्न महानगरले आग्रह गरेको हो।
    शुक्रबार एक सूचना जारी गर्दै अबको ३० दिनभित्र वडा कार्यालयमा गएर साइनबोर्ड शुल्क तिर्न महानगरले आग्रह गरेको छ।

    शुल्क नबुझाए वा तोकिएकोभन्दा ठूलो साइनबोर्ड राखेको पाइएमा त्यस्ता साइनबोर्ड महानगरपालिकाले तत्काल हटाउने चेतावनीसमेत दिइएको छ।
    ६ वर्ग फुटसम्म एक वटा मात्र साइनबोर्ड राखेको भए ५०० शुल्क लाग्नेछ। यस्तै १५ वर्गफुटसम्म १५०० र ३० वर्गफुटसम्म प्रतिवर्ग फुट १००० का दरले शुल्क लाग्ने महानगरले जनाएको छ।

    यस्तै महानगरले ३० वर्गफुटभन्दा माथिको साइनबोर्ड राख्न निषेध गरेको छ।

     

    प्रतिक्रिया
    थप समाचार