Online Nepal शनिबार, बैशाख १५ २०८१

१० बुँदे सहमतिका साथ डा.केसीले तोडे अनशन

१० बुँदे सहमतिका साथ डा.केसीले तोडे अनशन


मध्यान्तर
  • शनिबार, असोज ८ २०७९

  • काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधार अभियन्ता डा.गोविन्द केसीले  अनशन तोडेका छन् । डा. केसीबीच १० बुँदे सहमति भएको छ । शनिबार सहमतिलगत्तै डा. केसीले अनशन तोडेका हुन् ।

    सातबुँदे माग राख्दै डा. केसी कैलाली हुँदै काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा अनशनरत थिए । डा. केसीले शिक्षण अस्पतालमै उपचाररत बालकको हातबाट जुस पिएर अनशन अन्त्य गरेका हुन् ।

    “विगत १३ दिनदेखि हाम्रो सत्याग्रही आन्दोलन चलेकोमा आज (शनिबार) नेपाल सरकारसँग दशबुँदे सहमति भएको छ । तर, त्यसमा सम्बोधन नभएको ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मापदण्डविना नियुक्त भएका पदाधिकारीहरूलाई पदमुक्त गरियोस्’ भन्ने हाम्रो माग कायम रहेको र त्यसका लागि हामी निरन्तर संघर्षरत रहने कुरा जानकारी गराउन चाहन्छौँ,” डा. केसीले भनेका छन् ।  फाइल तस्वीर ।

    प्रतिक्रिया
    थप समाचार