Online Nepal बुधबार, बैशाख २६ २०८१

मतदानपछि सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु

मतदानपछि सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु


मध्यान्तर
  • शनिबार, बैशाख १५ २०८१

  • काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

    इलाम-२ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका सुहाङ नेम्वाङले पनि मतदान गरेका छन् । मतदानपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेम्वाङले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए ।

    उनले घरदैलो कार्यक्रममा मतदाताहरूले देखाएको मायाले आफू जित्नेमा विश्वस्त रहेको बताए । उनले आफूमा उत्साहको महसुस भइरहेको बताए । सुहाङले निर्वाचनको परिस्थितिले भावुक बनाएको पनि बताए । निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गर्दै भावुक भएको उनले बताए ।

    इलाम–२ मा प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी छ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।

    प्रतिक्रिया
    थप समाचार