Online Nepal शुक्रबार, बैशाख १४ २०८१

नेपाल र बंगालदेशबीचको खेल सुरु

नेपाल र बंगालदेशबीचको खेल सुरु


मध्यान्तर
  • मंगलबार, असोज ११ २०७९

  • काठमाडौं । घरेलु टिम नेपाल र बंगलादेशबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सुरु भएको छ । दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको खेल सुरु भएको हो ।

    कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशविरुद्ध ४–४–२ को फर्मेसनमा खेलाएका छन् । बंगलादेशलाई पराजित गर्ने लक्ष्यमा नेपाल छ । यता, बंगलादेश भने नेपाललाई हराउने दाउमा छ ।

    दशरथ रंगशालामै केही दिनअघि मात्रै बंगलादेशसँग नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा ३–१ गोलले हारेको थियो ।

    नेपाली राष्ट्रिय फुटबल टिम
    गोलकिपरः किरण चेम्जोङ (कप्तान)

    डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल

    मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्दम्बे, विशाल राई, सुजल श्रेष्ठ,

    फरवार्डः विमल घर्तीमगर, अञ्जन विष्ट

    प्रतिक्रिया
    थप समाचार