Online Nepal शुक्रबार, बैशाख १४ २०८१

इन्डोनेसियामा फुटबल खेल्ने क्रममा भएको भागदौडमा १७४ जनाको मृत्यु

इन्डोनेसियामा फुटबल खेल्ने क्रममा भएको भागदौडमा १७४ जनाको मृत्यु


मध्यान्तर
  • आइतबार, असोज १६ २०७९

  • काठमाडौं । इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दंगा भागदौडमा परिणत हुँदा १७४ जनाको मृत्यु भएको छ।

    स्थानीय समयानुसार आइतबार बिहान ९:३० बजे मृत्यु हुनेको संख्या १५८ पुगेको थियो। १०ः३० यो संख्या १७४ पुगेको पूर्वी जाभाका डेपुटी गभर्नर एमिल डार्डकले जानकारी दिए।
    इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बताए अनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो।इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अखिन्ताका अनुसार खेलमा हार खाएको एक पक्षका समर्थकहरूले हार सहन नसकेर हिंसा मच्चाएका हुन्।

    त्यसपछि त्यहाँ जम्मा भएको भीडमा भागदौड पनि मच्चिएको थियो। भागदौडमा परेर करिब दुई सय जना घाइते पनि भएका जनाइएको छ।

    हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए। त्यसलगत्तै प्रहरीले पनि भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको थियो।प्रहरीले अश्रुग्यास हानेपछि सो खेल हेर्न त्यहाँ जम्मा भएका भीडका बीचमा भागदौड भएको थियो। धेरै जसो मानिसले त्यही भागदौडमा परेर ज्यान गुमाएका थिए।

     

    प्रतिक्रिया
    थप समाचार