Online Nepal बुधबार, बैशाख १९ २०८१

सेञ्चुरी बैंकको लाभांश घोषणा

सेञ्चुरी बैंकको लाभांश घोषणा


मध्यान्तर
  • बिहिबार, मंसिर १५ २०७९

  • काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंसिर १४ गते बसेकोे बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार १९८.८९ रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२ औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

    सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकबीच साउन १५ गते संस्था प्राप्ति सम्बन्धी सहमती भएको थियो । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरी पौष मसान्त भित्र एकिकृत कारोबार गर्ने गरी प्रक्रिया अगाडी बढेको सेञ्चुरी बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार