Online Nepal शनिबार, बैशाख १५ २०८१

८.१४ अंकले बढ्यो नेप्से परिसूचक

८.१४ अंकले बढ्यो नेप्से परिसूचक


मध्यान्तर
  • मंगलबार, माघ १० २०७९

  • काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ८.१४ अंकले बढेर २१७३.२५ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५३ अङ्कले बढेर ४१५.५४ बिन्दुमा पुगेको छ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ८३ लाख १८७ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    त्यस्तै, कारोबारको आधारमा नेपाल दूरसंचार कम्पनी अग्रिम स्थानमा छ। यसको आज १२ करोड ९१ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभ श्री हाइद्रोपावर र अपि पावरको कारोबार भएको छ।

    मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ४ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा सानिमा जीआईसी इन्स्योरेन्स र सुर्यादय बोमी लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, मैलुङ्ग खोला जलबिद्युत र एनएमबि हाइब्रिड फण्ड एल-१ का लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

    प्रतिक्रिया
    थप समाचार