Online Nepal सोमबार, बैशाख ३१ २०८१

तीन खेलाडीसहित पाँचजनाविरुद्ध ‘स्पट फिक्सिङ’मा मुद्दा दायर

तीन खेलाडीसहित पाँचजनाविरुद्ध ‘स्पट फिक्सिङ’मा मुद्दा दायर


मध्यान्तर
  • सोमबार, फाल्गुन ८ २०७९

  • काठमाडौँ । गत पुसमा सम्पन्न नेपाल टी-२० क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न भएको आरोपमा ५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मोहम्मद आदिल आलम, महबुब आलम, नितेश गुप्ता भन्ने नितेश साह, नवीन कँडेल र रवि माफीलाई तीन वर्ष कैद र ५० हजार रूपैयाँसम्म जरिवाना माग गर्दै मुद्दा दायर गरेको हो। यीमध्ये तीन जना खेलाडी हुन्। उनीहरू तीनैजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरिसकेको छ।

    अन्य दुई भने फरार छन्। जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतसमक्ष अनुरोध गरेको छ।

    गत पुस ९ देखि २७ सम्म काठमाडौंमा भएको नेपाल टी-२० लिगमा स्वाभाविक परिणामलाई प्रभावित पार्नेगरी मिलेमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान गरेको थियो।

    नेपाल टी-२० लिगको आयोजना नै स्पट फिक्सिङ र अनलाइन सट्टेबाजी गरी गैरकानुनी लाभ लिने उद्देश्यले आयोजना गरिएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानको दायरा बढाएको छ। त्यसक्रममा उक्त प्रतियोगिताको आयोजनासँग जोडिएका भारतीय नागरिकहरू पनि अनुसन्धानमा तानिएका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार