Online Nepal शनिबार, बैशाख २९ २०८१

डिजेलमा १० र पेट्रोलमा ३ रुपैयाँले मूल्य घट्यो

डिजेलमा १० र पेट्रोलमा ३ रुपैयाँले मूल्य घट्यो


मध्यान्तर
  • सोमबार, चैत्र २० २०७९

  • काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मुल्य घटाएको छ । डिजेल र मट्टीतेल रुपैयाँ १० र पेट्रोल ३ रुपैयाँले मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

    भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।
    यो मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुनेछ ।

    प्रतिक्रिया
    थप समाचार