Online Nepal बुधबार, बैशाख १९ २०८१

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा


शिला रम्तेल
  • आइतबार, बैशाख ३ २०८०

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका सीईओ विकल पौडेलसहित ९ जनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज टेंकको पावर सिस्टम खरिदमा भ्रष्टाचार गरेको भन्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    कार्यकारी निर्देशक पौडेल, सीडीई, इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि, मेपटेक विल्डिङ सर्भिसेस प्रालि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्ससमेतका निर्देशक गरी नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनिहरुले गैरकानुनि लाभ तथा हानि पुर्‍याई भष्ट्रचार गरेको आयोगको आरोप छ ।

    निर्देशक पौडलविरुद्ध ६९ करोड आठ लाख ८१ हजार ८५४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

    उनीहरूविरुद्ध फरक–फरक बिगो दाबी गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार