Online Nepal शुक्रबार, बैशाख १४ २०८१

यामाहा नेपालले ल्यायो सम्बन्ध निर्माणका लागि यामाहा परिवार निर्माणको पहल अर्थात् ‘ब्लु स्ट्रिक्स’

यामाहा नेपालले ल्यायो सम्बन्ध निर्माणका लागि यामाहा परिवार निर्माणको पहल अर्थात् ‘ब्लु स्ट्रिक्स’


मध्यान्तर
  • सोमबार, बैशाख २५ २०८०

  • काठमाडौं । यहि वैशाख २२ गते यामाहा नेपालले यामाहा ब्लू स्क्वायर, नक्सालमा आफ्नो बहुप्रतिक्षित ब्लु स्ट्रिक्सु पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको  ब्लू स्ट्रिक्सु एक रोमाञ्चक र नवीन कार्यक्रम हो जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्नेछ ।

    यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि हो । ‘ब्लु स्ट्रिक्स’ यामाहाको आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा ‘म्यान९मेसिन’अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा हो ।

    ‘ब्लु स्ट्रिक्स’ कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्नेछन् । विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटहरूसम्म प्रदान गरि ‘ब्लु स्ट्रिक्स’ ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।

    ‘ब्लु स्ट्रिक्स’को सुरुवात यामाहाका लागि महत्वपूर्ण कोसेढुंगा हो, माउ इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने । ‘हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौं । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।’

     

    प्रतिक्रिया
    थप समाचार