Online Nepal बुधबार, बैशाख १९ २०८१

नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट


मध्यान्तर
  • सोमबार, जेष्ठ १ २०८०

  • काठमाडौँ । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ । सोमबार नेप्से परिसूचक नेप्से ३.३४ अंकले घटेको छ।

    यस दिन नेप्से ०.१८ प्रतिशतले घटेर १८१८.३१ बिन्दुमा पुगेको छ। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

    गत कारोबार दिन ९० करोड ५ लाख ६३ हजार ८५६ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ७२ करोड ४९ लाख ६९ हजार ९८० रुपैयाँ पुगेको छ। यस दिन २६३ वटा धितोपत्रको २३ लाख ४१ हजार २४० कित्ता सेयर किनबेच भएको हो।

    सोमबार एनआइबिएल ग्रोथ फण्डको इकाई मूल्य सर्वाधिक ९.८८ प्रतिशतले बढेको छ। यस दिन उक्त योजनाको इकाई मूल्य ८ रुपैयाँ ३४ पैसा पुगेको छ। यस्तै, आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ६.११ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७७१ रुपैयाँ ५० पैसा पुगेको छ।यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयरमूल्य ६.४५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५६० रुपैयाँ ५० पैसा पुगेको छ।

    प्रतिक्रिया
    थप समाचार