Online Nepal शुक्रबार, बैशाख १४ २०८१

नेप्सेमा उच्च अंकको वृद्धि

नेप्सेमा उच्च अंकको वृद्धि


मध्यान्तर
  • बिहिबार, जेष्ठ ४ २०८०

  • काठमाडौं  साताको अन्तिम कारोवार दिन बिहीबार नेप्सेमा उच्च अंकको वृद्धि आएको छ ।  पछिल्लो तीन कारोबार दिनदेखि निरन्तर बढेर बन्द भइरहेको छ।

    यस दिन नेप्से परिसूचक ३२.३० अंक बढेर १८७७.३२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.२३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८१ अंक बढेको छ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ।  २०८० मा पहिलो पटक १ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन बजारमा २६४ स्टकको ३२ हजार ५७९ पटकको कारोबारमा १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको ४४ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस अघि  २०७९ को अन्तिम कारोबार दिन १ अर्बभन्दा बढीको कारोबार भएको थियो।

    बिहीबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन शिवश्री हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

    कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७५ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ३.७१ प्रतिशत बढेको छ भने विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

     

     

    प्रतिक्रिया
    थप समाचार