Online Nepal बुधबार, बैशाख १९ २०८१

प्रदेशसभा घेराउ गर्न पुगेका २३ पहिचानवादी पक्राउ

प्रदेशसभा घेराउ गर्न पुगेका २३ पहिचानवादी पक्राउ


मध्यान्तर
  • आइतबार, जेष्ठ १४ २०८०

  • काठमाडौँ । कोशी प्रदेश सभा अगाडी प्रदर्शन गर्दै घेराउ गर्न पुगेका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश सभाको बैठक अवरुद्ध गर्न त्यहाँ जाने क्रममा २३ जनालाई पक्राउ गरेको हो ।

    विराटनगरका विभिन्न स्थानबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेश सभाको बैठकमा सहभागी हुन जाने प्रदेश सभा सदस्यहरूलाई अवरोध पुर्‍याएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष सहितका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ परेका हुन् । मञ्चका उप महासचिव दिपा लावतीलाई पनि प्रहरीले पक्राउ गरेको मञ्चका एक सदस्यले जानकारी दिए ।

    कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १७ जना कार्यकर्तालाई विराटनगरको देवकोटा चोकबाट पक्राउ गरेको हो । उनीहरूले प्रदेशसभा घेराउ गर्ने उद्देश्यले जम्मा भएका थिए । उनीहरूको साथबाट गुलेली लगायतका घरेलु हतियार समेत बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका एक सदस्यले बताए ।

    आजैदेखि कोशी प्रदेश सभाको बजेट अधिवेशन सुरु हुँदैछ । बजेट अधिवेशनलाई लक्षित गरी कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका पहिचानवादीहरूले प्रदेश सभा घेराउको कार्यक्रम राखेका छन् । शनिबारदेखि नै प्रदेश सभा सचिवालय आसपास, जिल्ला प्रशासन कार्यालय आसपास र मुख्यमन्त्री कार्यालय तथा निवासको ३०० मिटर आसपासलाई निषेधित क्षेत्र तोकिएको छ ।

    प्रतिक्रिया
    थप समाचार