Online Nepal बुधबार, बैशाख २६ २०८१

संखुवासभा कारागारमा झडप, दुईको मृत्यु

संखुवासभा कारागारमा झडप, दुईको मृत्यु


मध्यान्तर
  • बुधबार, साउन २४ २०८०

  • काठमाडौँ । जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणी मुद्दा खेपिरहेका विनोद तोलांगीको मृत्यु भएको हो।

    उनीहरू बुधबार बिहान कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेका थिए। प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएपछि उनीहरूलाई कारागारभित्र राखिएको थियो।

    त्यसको केही बेरमा कैदीबन्दीबीच कुटाकुट हुँदा उनीहरूको मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार