Online Nepal बिहिबार, बैशाख २० २०८१

आईफोनको प्रयोगमा चीनले लगायो प्रतिबन्ध

आईफोनको प्रयोगमा चीनले लगायो प्रतिबन्ध


मध्यान्तर
  • बिहिबार, भाद्र २१ २०८०

  • काठमाडौं । चीनले केन्द्रीय सरकारी अधिकारीहरुलाई आईफोनको प्रयोगमा प्रतिबन्ध लगाएको वालस्ट्रिट जर्नललाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । यो समाचारपछि बुधबार एप्पलको सेयर ३.६ प्रतिशतले घटेको थियो ।

    च्याट ग्रुप वा बैठकमार्फत कर्मचारीहरूलाई यो प्रतिबन्धको जानकारी उपलब्ध भइरहेको बताइएको छ । तर, यस विषयमा चिनियाँ विदेश मन्त्रालय वा एप्पलले नै पनि कुनै प्रतिक्रिया भने दिएको छैन ।

    चिनियाँ केन्द्रीय सरकारी एजेन्सीसँग निकट स्रोतलाई उद्धृत गर्दै सीएनएनले चिनियाँ अधिकारीले औपचारिक नीतिबिना नै महामारी अघिदेखि नै आईफोन प्रयोग नगर्ने नियम पालना गर्न थालेको उल्लेख गरेको छ ।

    चीन सरकारले यसको सट्टा ठूला हुवावे जस्ता स्थानीय कम्पनीले बनाएका स्मार्टफोन प्रयोग गर्नेछन् ।

    एप्पलका सीईओ टिम कुकले गत मार्चमा चीनको भ्रमण गरेका थिए । चीन एप्पलका लागि १९ प्रतिशत हिस्सा रहेको ठूलो एवं महत्वपूर्ण बजार हो ।

    प्रतिक्रिया
    थप समाचार