Online Nepal शनिबार, बैशाख २९ २०८१
साहित्य समाचार

सिंखडाको वराङ्गना असोज ५ मा सार्वजनिक हुदै (प्रोमो सहित)

सिंखडाको वराङ्गना असोज ५ मा सार्वजनिक हुदै (प्रोमो सहित)

सार्वजनिक वराङगनाको प्रोमोमा उनी देखीएकी छिन ।


मध्यान्तर
  • बुधबार, भाद्र २७ २०७५

  • काठमाडौं – कलाकार सोविता सिम्खडाले तिन बर्ष अघी एउटा उपन्यास लेख्न सुरू गरिन, यो बिचको समयमा आएका धेरै कामहरूलार्इ छोडेर उनी निरन्तर यसैमा डुबिरहिन , अन्तत उपन्यास लेखन सकियो र अब सार्वजनीक हुने दिन नजिकिएको छ ।


    वराङ्गना नाम रहेको सोविताको उपन्यासको पहिलो भिडियो प्रोमो उनले ४ दिन अघी मात्र सार्वजनिक गरिन । आफुले उपन्यास लेखीरहेको कुरा उनले आफ्ना निकटका केही ब्यक्तीहरूलार्इ मात्र भनेकी थिर्इन । प्रोमो सार्वजनिक भए संगै उनको चर्चा बढेको छ । सोविता भन्छीन छोटो समयमा पाएको प्रतिकृयाले उत्साह थपिएको छ ।

    चलिचत्र क्षेत्रमा बेग्लै पहिचान बनाएकी नायिका सोविता सिम्खडा अब वराङ्गना उपन्यास संगै साहित्यकार पनि बनेकी छिन । असोज ५ गते काठमाडौंको पर्यटन बोर्डको हलमा एक समारोहका बिच सार्वजनिक वराङ्गना सार्वजनिक हुदैछ , सोविता अहिले त्यसैको तयारीमा छिन , बिमोचन कार्यक्रमलार्इ केही पृथक गर्ने उनको सोच छ  ।

    सार्वजनिक वराङगनाको प्रोमोमा उनी देखीएकी छिन । काठमाडौं तथा ललितपुरका केही सुन्दर स्थानमा खिचिएको प्रोमो आकर्षक बनेको छ , यस्को निर्माणको सबैले प्रशंसा गरेका छन ।

    शन्देश नामक चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी सोविताले एक दर्जन बढी चलचित्रमा नायिकाको रूपमा काम गरिसकेकी छिन ।
    यस्का अलावा सोविता ओशो सन्यासी पनि हुन । उनको उपन्यासको धेरै पन्नाहरू तपोबन बसेर उनले सृजना गरेकी थिर्इन । प्रोमो सार्वजनिक भएपछि ओशो जगतमा उनले अझ धेरै माया पाएकी छिन । उपन्यास बुलबुल पब्लिकेशनले बजारमा ल्याउन लागेको हो ।

    प्रतिक्रिया
    थप समाचार