Online Nepal मंगलबार, बैशाख १८ २०८१

नेपाल आउँदै अर्को चिनियाँ ईभी ब्रान्ड ‘स्मार्ट’, बिक्रेतामा सीजी मोटर्स नियुक्त

नेपाल आउँदै अर्को चिनियाँ ईभी ब्रान्ड ‘स्मार्ट’, बिक्रेतामा सीजी मोटर्स नियुक्त


मध्यान्तर
  • सोमबार, असोज ८ २०८०

  • काठमाडौँ । नेपाली अटो बजारमा अर्को नयाँ ईभी ब्रान्ड ‘स्मार्ट’ थप हुने भएको छ । होजोन मोटर्सको उत्पादन नेटा भीलाई भित्राएर अटोमोबाइल ब्यावसायमा इन्ट्रि गरेको सिजी मोटर्सले अर्को चिनियाँ ब्रान्ड स्मार्टका इलेक्ट्रिक कार नेपाल ल्याउन लागेको हो ।

    स्मार्ट ब्रान्डका ईभीलाई नेपालमा बिक्रीवितरण गर्ने जिम्मेवारी सिजी मोटर्सले प्राप्त गरेको जानकारी दिँदै सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्बाण चौधरीले सामाजिक संजालमा फोटो पोष्ट गरेका छन् ।

    स्मार्ट मोटर्सले चीनमा जर्मनीको मर्सिडिज बेन्ज ग्रुप र जिली होल्डिङसंग साझेदारी गरी विद्युतीय सवारी उत्पादन गर्दै आएको छ । कम्पनीले स्मार्टको पहिलो उत्पादनको रुपमा एक वर्षअघि ईलेक्ट्रिक क्रसओभर स्मार्ट–१ लाई बजारमा ल्याएको थियो ।

    सीजी मोटर्सले सुरुवातमा सोही मोडललाई नेपाल ल्याउन सक्ने आँकलन गरिएको छ । जसको ब्याट्री प्याक ६२ किलोवाट आवर र रेन्ज ४४० किलोमिटर रहेको छ । स्मार्ट लक्जरी र प्रिमियम ईभी उत्पादनका कारण चीनमा लोकप्रिय वनिरहेको ब्रान्ड हो ।

    प्रतिक्रिया
    थप समाचार