Online Nepal सोमबार, बैशाख १७ २०८१

विद्यार्थी लिन नेपाल वायुसेवा निगमको जहाज इजरायल गयो

विद्यार्थी लिन नेपाल वायुसेवा निगमको जहाज इजरायल गयो


मध्यान्तर
  • बिहिबार, असोज २५ २०८०

  • काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थी लिन नेपाल वायुसेवा निगमको जहाज इजरायल गएको छ । आज बिहान साढे २ बजे नेपाल एयरलाइन्सको जहाज त्यसतर्फ उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् ।

    परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न परराष्ट्र मन्त्रालयको एक टोली गएको हो ।

    हिजो बसेको मन्त्रिपरिषद् बैठकले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई ल्याउन मन्त्री साउदलाई पठाउने निर्णय गरेको थियो । छुट्टै आउन चाहनेहरूको खर्च पनि सरकारले नै बेहोर्ने भएको छ ।

    परराष्ट्र मन्त्रालयले २८८ जना नेपाली इजरायलबाट फर्किन इच्छुक रहेको बताएको छ ।

    उक्त जहाजमा नेपाल आउन चाहेका विद्यार्थीलाई मात्रै ल्याइनेछ । शव भने नल्याइने बताइएको छ । प्रोटकल पूरा गर्न केही समय लाग्ने भएकाले शव ल्याउन केही समय लाग्नेछ ।

    यहि शनिबार हमासले दक्षिण इजरायलमा गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार